कोरोना क’हर : उद्योग दर्ता हुने क्रम बढ्दै

कैलाली । कोरोना भाइरस संक्रमणको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आ.वकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।

आव २०७५/७६ मा एक हजार २३४ र गत आ.व २०७६/७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् ।

कार्यालयका प्रमुख नवराज भट्टले भने, “कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।” यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताए ।

कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मंगलवार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव संकलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालीमका योजना ल्याउन र यस्ता तालीम नतिजामुखी बनाउन सुझाव दिए । चालु वर्षको गत आठ महिनामा कार्यालयले ९३ लाख ९८ हजार ६०० राजश्व संकलन गरेको छ ।

उद्योगमा लगानी प्रस्ताव

जिल्लामा आ.व २०७७/७८ को फागुन महिनासम्म दर्ता भएका उद्योगहरूमा १६ अर्ब ७६ करोड ८० लाख लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा छ अर्ब तीन करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ ।

यस्तै कृषिमूलक पाँच अर्ब ८२ करोड ४० लाख, सेवामूलक चार अर्ब ६५ करोड सात लाख, पर्यटनमूलक २४ करोड ७० लाख र निर्माणमूलक उद्योगमा ३० लाख लगानी प्रस्ताव गरिएको छ । वार्षिक उत्पादन क्षमता झण्डै ६८ अर्ब ६६ करोड बराबर रहेको प्रस्ताव गरिएको यी उद्योगबाट ६५ हजार ३८० जनाका लागि रोजगारी सिर्जना भएको जनाइएको छ ।

कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा ११ हजार ६८ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये झण्डै ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको अनुमान गरिएको छ । अनुगमन निरीक्षण नगरी नहुने उद्योगको अनुगमन गर्ने गरिएकामा जनशक्तिलगायत साधन स्रोतको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन हुन सकिरहेको छैन ।

सम्भावना र चुनौती

जिल्लामा पर्यटनमा आधारित उद्यम, सेवामूलक व्यवसाय, कृषि तथा वनपैदावारजस्ता उद्योगको विकासको सम्भावना प्रचुर छ ।

प्राकृतिक स्रोत र साधनलाई कच्चापदार्थका रुपमा मात्र निकासी नगरी अन्तिम वस्तु उत्पादन गरी बजारीकरण गर्न सकिएमा हालको आयमा दोहोरो वृद्धि गर्न सकिने सम्भावना छ ।

उद्योग औद्योगिकग्राम तथा औद्योगिक क्षेत्रको अभाव, आर्थिक विकासका लागि परिमाणात्मक र गुणात्मक रुपमा उद्यमशीलताको विकासको कमी, रोजगारी सिर्जना गर्ने खालका मझौला तथा ठूलो उद्योगको स्थापना हुन नसक्नु, स्थानीय उत्पादनले आयातित वस्तु प्रतिस्थापनका लागि प्रतिस्पर्धा गर्न नसक्नु, भूउपयोग नीति नहुनु, सीपयुक्त श्रमिक र दक्ष प्राविधिकको अभावजस्ता समस्या उद्योगको विकासका लागि चुनौतीका रुपमा देखिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।