भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५३ हजार भन्दा बढी सं,क्रमित

नयाँदिल्ली, भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना सं,क्रमण देखिएपछि कूल सं,क्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा कोरोना स,ङ्क्रमणबाट २५१ जनाको मृ,त्यु भएपछि यहाँ कूल मृ,तकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।

सोही अवधीमा यहाँँ कूल स,ङ्क्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि स,ङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।