कोभिड १९ को संक्रमण बढ्दो

दोहा ,कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ ।

यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ ।

यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ । यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।