पृथ्वी बचाउन आह्वान गर्दै बेलायती सर्जकहरू कुर्लिए

​२९ मार्च, लन्डन(यूके) ।  जलवायु परिवर्तनले पृथ्वी र जनजीवन दिनानुदिन सङ्कटमा परिरहेको सबैले अनुभव गरिरहेका छन् । यसका लागि संरक्षणकारी अभियन्ताहरूले चर्को आवाज नउठाएका पनि होइनन् । विश्वका शक्तिशाली राष्ट्रदेखि तेस्रो विश्वका देशहरूले वातावरण संरक्षणबारे बोलिरहेका छन् । यहीँ अभियानमा साथ दिन बेलायतमा रहेका नेपाली साहित्यकारहरू पनि एक ठाउँ आएका छन् ।

​वातावरण साहित्यलाई प्रबद्र्धन गर्दै आइरहेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले शनिबार अर्थ आवर एवम् आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा राखेको अन्तर्राष्ट्रिय इको गीत तथा सिर्जना वाचन कार्यक्रममा चार दर्जन बढी सर्जकहरूले इको सिर्जना सुनाए ।

‘साहित्यमार्पmत जलवायु परिवर्तनदेखि वातावरण संरक्षणको मुद्दासम्मको कुरा उठाउन इको सिर्जना वाचन कार्यक्रम राखेका हौ,’ कार्यक्रमको औचित्य प्रष्ट्याउँदै अध्यक्ष विजय हितानले बताए, ‘इको गीत वाचन गर्न बेलायत, भारत, नेपाललगायतका देशका सर्जकहरू भेला भएका थिए । कार्यक्रम भर्चुअल रूपमा जुमबाट गरिएको थियो ।’ हितानले सन् २००९ देखि वातवारण साहित्यको अभियानलाई बढावा दिँदै आइरहेका छन् ।

​विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले यूके शाखाले वातावरण साहित्यलाई विश्वव्यापी रूपमा नेतृत्व गरिरहेको धारणा व्यक्त गरे । उनले माक्र्स, आइन्सटाइन, गान्धीले परिकल्पना नगरेको कुरा शाखाका अभियन्ताहरूले अगाडि बढाइरहेको बताए । ‘१९ औँ र २० औँ शताब्दीका दार्शनिकहरूले सोच्न नसकेको कुरा विजय हितानजीलगायतका साथीहरूले अगाडि ल्याउनुभयो ।

इको साहित्यले अबको शताब्दीभर गतिलो स्थान पाउनेछ,’ उनले भने । अध्यक्ष परदेशीले यूके शाखा अहिलेको सबैभन्दा सक्रिय समिति समेत भएको उल्लेख गरे । विनेसामको २४ देशमा २७ शाखाहरू रहेका छन् । यूकेमा साउथ यूके र पश्चिम यूके गरेर दुई शाखाहरू सक्रिय रहेका छन् । साउथ यूके शाखाको स्थापना सन् २०१६ मा मार्चमा अर्थ आवरका दिन स्थापना भएको थियो ।

​अर्थ आवर विश्व वन्यजन्तु संरक्षण कोष(डब्लूडब्लूएफ)को पहलमा सन् २००७ देखि सुरु भएको विश्वव्यापी अभियान हो । यस दिन करोडौँ मानिसहरूले साँझ साढे आठ बजे एक घण्टा बत्ती निभाएर वातावरणको संरक्षणका लागि ऐक्यबद्धता जाहेर गर्छन् । यस वर्ष विनेसाम साउथ यूकेले आसफोर्डस्थित टाउन सेन्टरमा जनचेतनामूलक प्लेकार्ड प्रर्दशन गरेको सचिव अमित थेवेले बताए । सामाजिक दूरीलाई ख्याल गर्दै पृथ्वी र जनजीवन संरक्षणका लागि सन्देश प्रवाह गर्न बिहान मौन रूपमा संस्थाले प्लेकार्ड प्रदर्शन गरेको जनाए ।

​दिउँसो गरिएको इको सिर्जना वाचन कार्यक्रममा भारतबाट डा. देवेन सापकोटा, नेपालबाट भावेश भुमरी, स्कटल्याण्डबाट दुष्यन्त भट्टराई, बेलायतबाट एकिन्द्र गुरूङ, रमेश दाहाल, गोमा राना, शान्ति लिम्बु, विश्वकाजी राई, वासु शर्मा, धन गुरूङ, हरि थापा, ईश्वर चाम्लिङ, विश्वासदीप तिगेला, विनोद अधिकारी, प्रतिमा केसी, मनुर राना, अहिल्या कुँवर, सारादेवी गुरूङले इको गीत सुनाए ।

त्यस्तै, जित छन्त्याल, थिर थापा, नानु राना थापा, किरण चाम्लिङ, कुमार केसी, लालसुन्दर राई, होम सुनुवार, सुरेन्द्र इङ्नाम, कोमल मल्ल, घन थापा, सर्वधन राई, औँतारी साइला, मोहन आचार्य जल्लाद, खेम गुरूङ, विजय हितान र अमित थेवेले समेत वातावरणमैत्री सिर्जनाहरू पस्के ।

​ईश्वरी न्यौपानेको वातावरण गीतबाट सुरु भएको कार्यक्रममा हितानद्वारा लिखित ‘संरक्षणका हातहरू’ बोलको गीतको समेत सार्वजनिकीकरण गरिएको थियो । त्यस्तै, मिडिया सचिव विश्वजीत थापाले तयार पारेको लघु वृत्तचित्र ‘ग्लोबल वर्मिङ’ समेत देखाइएको थियो । ​

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।