नेपाल­-खनाल समूहले सङ्गठन सुदृढीकरण अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल­खनाल समूहको अबको दुई महिना सङ्गठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारवाही र तल तहमा अर्काे खालको कारवाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय सङ्गठन तथा पार्टीको सङ्गठन निर्माण गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

“जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई वास्ता नगरी भटाभट जिल्ला कमिटी बनाएको छ, यो त कमिटीमाथि कारवाही गरिएको भयो”, पन्तले रासससँग भन्नुभयो, “माथि एक प्रकारको कारवाही र तल अर्काे खालको कारवाही गरिएको छ ।”

उहाँले थप्नुभयो, “पार्टी नफुटेको बेलाको वैध कमिटीलाई कारवाही गरेमा विरोध गर्ने र जनसङ्गठन र पार्टीको पनि वडातहसम्मै सङ्गठन बनाउने भन्ने भएको छ ।” बैठकले केही दिन अघि भएको राष्ट्रिय भेलाको प्रतिवेदन र त्यसमाथि आएको सुझावलाई समेटेर पुस्तक प्रकाशन गर्दै त्यसलाई तल्लो तहसम्म पु¥याउने निर्णय पनि गरेको छ ।

विसं २०७५ जेठ २ गते अघिको पार्टी कमिटीलाई पुनर्गठन गर्दै प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गने निर्णय भएको जनाइएको छ । जेठ २ लाई आधार मानेर पार्टी एकतामा फर्किन अध्यक्षलाई आग्रह गरिएको जनाइएको छ । अभियानका क्रममा केन्द्रीय सदस्यलाई जिल्ला जिल्लामा खटाउने, प्रचारात्मक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा स्थापना दिवस, मनामोहन अधिकारी स्मृति दिवस र मदनआश्रित स्मृति दिवस भव्यरूपमा मनाउने निर्णय पनि गरेको छ ।

यसअघि नेकपा एमालेले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि निलम्बन गरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।