सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर

काठमाडौँ ,त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

सेनालाई विजय तुल्याउन नवयुग श्रेष्ठले २ दुई तथा सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक– एक गोलको योगदान रह्यो । उक्त विजयसँगै सेनाको टीम दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालको लगातार दबाबका बावजुद श्रीलङ्का पुलिस स्पोर्ट्सका इभान्सले खेलको २८ औँ मिनेटमा गोल गर्दै श्रीलङ्का पुलिसलाई शुरुआती अग्रता दिलाए पनि त्यो उसका लागि क्षणिक खुशी रहन पुग्यो । सेनाका सन्तोष तामाङले ४१ औँ मिनेटमा गरेको गोलले निकै वाहीवाही पायो । त्यसको दुई मिनेटमै अर्थात खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठको गोलले नेपालाई सहजै अग्रता दिलायो ।

खेलको ५० औँ मिनेटमा टङ्क बस्नेतले गरेको गोलले नेपाललाई सशक्त फुटबल खेलाडी उत्पादन गरिरहेको मुलुकका रूपमा परिचित गरायो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि सेनाको टिम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगिताको ८३ औँ मिनेटमा सुदिल राईले गरेको गोलले नेपाललाई ४–१ को अग्रता दिलायो । इन्जुरी समयमा नवयुगको दोस्रो गोलसँगै सेनाले ५–१ को फराकिलो अन्तरको जित हात पार्न सफल भयो ।

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) को कार्यक्रमअनुसार त्रिभुवन आर्मी फुटबल क्लबको आयोजनामा उक्त एएफसी कप–२०२१ भएको हो । दर्शकको बाक्लो उपस्थिति रहेको उक्त खेलले विभागीय टोलीका रूपमा रहेको सेनाको खेलकुद क्षेत्रको च्याम्पियनको छविलाई थप उजागर गरेको छ । नेपालले दोस्रो चरणमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त प्रतियोगिता वैशाख १ गते हुँदैछ ।

विजय प्राप्त गरेपछि त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दोस्रो चरण प्रवेश गर्ने टिमको पहिलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिनुभयो । पछिल्ला वर्षमा खेलकुद क्षेत्रमा सेनाले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना राष्ट्रिय च्याम्पियन बनेको थियो । दक्षिण एशियाली केलकुद (साग) मा १७९ सैनिक खेलाडीका सहभागी भएको सेनाले नेपालको खेलकुदको छविलाई विश्व समुदायमा उजागर गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖