इन्टरनेट सेवाको तुलनामा भ्वाइसबाट तेब्बर बढी आम्दानी

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले आर्थिक वर्ष ०७६÷७७ मा इन्टरनेट सेवाको तुलनामा भ्वाइसबाट तेब्बर बढी आम्दानी गरेको छ । कम्पनीले इन्टरनेट सेवाबाट ८ अर्ब २१ करोड आम्दानी गरेकोमा भ्वाइस सेवाबाट भने २५ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले डेटा सेवालाई आफ्नो आयको मुख्य स्रोत बनाउने भने पनि अझ केही वर्ष भ्वाइस सेवाले ‘लिड’ गर्ने देखिएको छ ।

कम्पनीको आव ०७६-७७ को वार्षिक प्रतिवेदन अनुसार कुल ४२ अर्ब ९९ करोड आम्दानी गरेकोमा ९ अर्ब ७५ करोड नाफा गरेको थियो । भ्वाइस सेवातर्फ २ करोड ग्राहक छन, जसमध्ये मोबाइल सेवाका ग्राहक १ करोड ९३ लाख हुन् । यो समग्र दूरसञ्चार बजारको ५२.६९ प्रतिशत बजार हिस्सा हो । कम्पनीका इन्टरनेट सेवाका ग्राहक डेढ करोड नाघेका छन् । इन्टरनेट सेवातर्फ कम्पनीको बजारहिस्सा ४८.६८ प्रतिशत हो । गत वर्षमा इन्टरनेट सेवाको ग्राहक वृद्धि ९.९३ प्रतिशत भएको छ । प्रतिसेयर आम्दानी ६४.९९ रुपैयाँ गर्न सकेको कम्पनीले गत वर्ष प्रतिसेयर ४० का दरले नगद लाभांश दिएको छ । पछिल्ला आधा दशकमा कम्पनीले सेयरधनीलाई दिने लाभांश दर भने निरन्तर घट्दै गएको छ । प्रतिवेदन अनुसार सरकारी राजस्वमा गत वर्ष कम्पनीले ३५ अर्ब ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । कारोबार दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।