प्रथम ढुंगे कप फुटवल प्रतियोगिताको दोश्रो दिन ४ वटा खेल सम्पन्न

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ८ ढुङ्गेमा जारी प्रथम ढुंगे कप फुटवल प्रतियोगिताको दोश्रो दिन ४ वटा खेल सम्पन्न भएका छन् । ढुङ्गे फुटवल क्लव र खुँडी फुटवल क्लव वीच भएको पहिलो खेलमा ०,३ गोल अन्तरले खुँडी विजयी भएको छ ।

चियावारी वराहक्षेत्र र गोलखाडी फुटवल क्लव सागुरीगढी ८ वीच भएको दोश्रो खेलमा १,४ गोल अन्तरले चियावारी वराहक्षेत्रले जित निकालेको छ । भने अरिंगाल फुटवल क्लव धरान १३ र लक्ष्मी देउराली युथ क्लव आहाले वीचको तेश्रो खेलमा ३,४ गोल अन्तरले अरिंगाल फुटवल क्लव धरान १३ विजयी भएको छ ।

र्सिजना युथ क्लव सिंकुला र नवछिनाम युवा क्लव वीच भएको चौथो खेलमा १,३ गोल अन्तरले सिंकुला विजयी भएको प्रतियोगिता आयोजक क्लवका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभएको छ । १८ टिमले सहभागिता जनाएको प्रतियोगिताका विजयी प्रथम समूहले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने समूहले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट डिफेण्डेर, हाईस्कोर, उत्कृष्ट स्टाईकर, उत्कृष्ट गोल किपर,उत्कृष्ट खेलाडीहरुलाई नगद २,२ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो । ढुङ्गे क्लवको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल चैत २९ गते हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।