प्रथम ढुंगे कप फुटवल प्रतियोगिताको तेश्रो दिन आज पनि ४ खेल,को-कस्ले जिते ?
धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ८ ढुङ्गेमा जारी प्रथम ढुंगे कप फुटवल प्रतियोगिताको तेश्रो दिन आज पनि ४ खेल भएका छन् ।
ढुङ्गे क्लवको आयोजनामा सञ्चालित प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल पटनाली फुटवल क्लव धरान १७ र पोक्ला युथ क्लव सागुरीगढी ८ वीच भएको थियो । यो खेलमा १-२ गोल अन्तरले पटनाली फुटवल क्लव धरान विजयी भएको छ ।
त्यस्तै तमोर फुटवल क्लव मुलघाट र वालखेल मैदान फुटवल क्लव सागुरीगढी ८ वीचको दोश्रो खेलमा वालखेल मैदान फुटवल क्लव सागुरीगढीले जितेको छ । उस्ले ट्राईब्रेकरको समयको सदुपयोग गर्दै ४-५ गोल अन्तरले जित निकालेको हो ।
सुआहारा फुटवल क्लव धरान २० र खुँडी फुटवल क्लव सागुरीगढी ८ वीच भएको तेश्रो खेलमा ०-२ गोल अन्तर सुआहारा विजयी भएको छ भने पटनाली फुटवल क्लव धरान १७ र धारापानी युथ क्लव वीच भएको आजको चौथो तथा अन्तिम खेलमा ट्राईब्रेकरमा ३ को विरुद्ध ४ गोल लगाउदै पटनाली फुटवल क्लव धरानले जित निकालेको छ ।
प्रतियोगिता अन्र्तगत भोलि ५ खेल हुने प्रतियोगिता आयोजक क्लवका अध्यक्ष नगेन्द्र राईले वताउनुभयो ।


