सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

मोरङ, विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बङ्गाललाई ३–० गोलले पराजित गरेको थियो । विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गर्नुभएको थियो ।

विराटनगरले यही चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद रु १० हजार प्रदान गरिएको छ । दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत आज साँझ ७ बजेदेखि शुरु हुने प्रतियोगितामा मच्छिन्द्र क्लब काठमाडौँ र भारतको पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।