राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने

काठमाडौँ, प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ । ‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने बताउनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एकला, रु ५० हजार र २५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइने छ । कार्यक्रममा समाजिक विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।