प्रथम ढुङ्गेकप फुटवल प्रतियोगिताको उपाधि चियावारी फुटवल क्लव वराह क्षेत्रलाई

धनकुटा । धनकुटाको सागुरीगढी ८ मा सञ्चालित प्रथम ढुङ्गेकप फुटवल प्रतियोगिताको उपाधि चियावारी फुटवल क्लव वराह क्षेत्रले उचालेको छ ।

अरिंगाल फुटवल क्लव धरान १३ सँग फाईनलमा भिडेको  उस्ले ० को विरुद्व १ गोल गर्दै उपाधि जितको हो । जित सँगै चियावारी फुटवल क्लवले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।

दोश्रो स्थानमा चित्त वुझाएको  अरिंगालले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको  आयोजकले जनाएको छ । आजको खेलको  म्यान अफ दि म्याच अरिंगाल फुटवल क्लवका सरोज राई घोषित भएका छन् । उत्कृष्ट खेलाडी अरिंगालकै मिलन लिम्वु घाेषित भए ।

त्यस्तै हाई स्कोरर तथा स्टाईकर चियावारीका अनिष राई, उत्कृष्ट गोल रक्षक चियावारी कै रञ्जित राई, उ्त्कृष्ट डिफेण्डेर चियावारी कै दिवस राई घाेषित भए । उनिहरुलाई २-२ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएकाे क्लवका अध्यक्ष नगेन्द्र राईलाई उधृत गर्दै महाभारतबाट पदम राईले जानकारी दिनु भयाे ।

ढुङ्गे क्लवको आयोजनामा भएको फुटवल प्रतियाेगिताका विजयी समूह तथा खेलाडीहरुलाई सागुरीगढी गाउपालिका उपाध्यक्ष विन्द्रा राई सहित अतिथिहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।