काँग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २.०० बजेका लागि तोकिएको छ ।
चैत ३० गते सोमबारका लागि निर्धारित बैठक वैशाख ५ गतेलाई सारिएको हो ।

नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिए ।
बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय तथा आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।

वर्तमान राजनीतिक घटनाक्रमसँगै नेपाली काँग्रेस पार्टीको नेतृत्वमा सरकार गठनका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद, समाधान र महाधिवेशनका सम्बन्धमा छलफल हुने छ ।

काँग्रेस पार्टीका पदाधिकारीहरूले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राख्दै आए पनि अन्य दलसँगको छलफल ठोस निष्कर्षमा पुग्न सकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।