बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब,शेयर बजारमा हरियाली

काठमाडौं – नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले सुधार आई दुई हजार ७३५.३९ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ विन्दुले सुधार आई ४९२.४४ मा पुगेको छ ।

कूल २१८ कम्पनीका एक करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर रु आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा कारोवार भएको छ । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख सात हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ९९.६५ र जलविद्युत् ८.९७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ २३.०४, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०ं१८, वित्त २८.३९, निर्जीवन बीमा ९.०३, उत्पादन ४३.२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बीमा ४५.६८, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५९ विन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज एनआइसि एशिया लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ८९ लाख ६३ हजार ९९८ बराबरको कारोवार भयो । यस्तै नेपाल पूर्वाधार बैंक रु ४९ करोड ८७ लाख ३४ हजार २७३, एनआइसि एशिया बैंक ३२ करोड ६२ लाख ८० हजार ९४४, नेपाल बङ्गलादेश बैंक रु २४ करोड ७९ लाख ३७ हजार २५७, नबिल बैंक रु २३ करोड १५ लाख ६७ हजार ३२१, ग्लोबल आइएमई बैंक रु २० करोड १८ लाख ३६ हजार १४, कुमारी बैंक रु १९ करोड ८२ लाख ३६ हजार ७७१, हिमालयन डिस्टिलरी रु १६ करोड पाँच लाख ७० हजार १९६, प्रभु बैंक रु १५ करोड ४० लाख २४ हजार ५१० र मेगा बैंक रु १४ करोड ७५ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै कारोवारका आधारमा वेस्ट फाइनान्स १०, एनआइसि एशिया लघुवित्त ९.९५, महिला लघुवित्त ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.९२, ग्रीन डेभलपमेन्ट बैंक ९.६८, छ्याङ्दी पावर ९.६७, कर्णाली डेभलपमेन्ट बैंक ९.६४, सप्तकोशी डेभलपमेन्ट बैंक ९.५७ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.९४ प्रतिशतले कमाए ।

त्यस्तै मल्टीप्रपोज फाइनान्स ३.६७, नेशनल माइक्रोफाइनान्स ३.५२, स्वाभिमान लघुवित्त ३.४६, साल्ट टे«डिङ कर्पोरेशन २.७०, मितेरी डेभलपमेन्ट बैंक २.५६, साधना लघुवित्त २.४४, नेशनल हाइड्रोपावर २.४१, प्रभ बैंकको ऋणपत्र १.९३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८५ प्रतिशतले गुमाएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।