राष्ट्रपती कपको छनौट शूरु
तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा राष्ट्रपती कपको छनौट शूरु भएको छ ।
छनौटमा गाउँपालिमा रहेको माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको छ । दौड,कबडी,भलिबल,छेलो हान्ने ,लङजम्प,हाइजम्प,लगायतको खेलमा छनौट गरीने छ ।
छनौट कार्यक्रमको उद्धघाटन छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले गर्नुभएको हो । छनौट प्रतियोगिता सम्पन्न गराउन बिभीन्न खेल शिक्षकहरुलाई खेल सामाग्री अध्यक्ष तिगेलाले हस्तान्तरण गर्नुभयो ।
दुई सम्म चल्ले छनौट खेलमा बिजेताहरुलाई पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।


