त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाडौँ, ४ वैशाख । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अद्र्धशतकीय पारी खेल्नुभयो । उहाँले ४६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ६२ रनको योगदान दिनुभयो । यस्तै आशिफ शेखले अविजित ५४ रन बनाउनुभयो । उहाँले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गर्नुभयो । कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाउनुभयो ।

बलिङतर्फ नेदरल्याण्ड्सका जुलियन डे मेइले एक विकेट लिनुभयो । यसअघि नेदरल्याण्डस्का लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाउनुभएको थियो । यस्तै स्कट इड्रवासले ३०, कप्तान पिटर सिलारले अविजित २२, एनोनियस स्टालले अविजित २० तथा म्याक्स ओदाउदले १० रन बनाउनुभएको थियो । नेदरल्यान्ड्ले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो ।

सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काउनुभएको थियो । नेदरल्यान्ड्सको दोस्रो विकेट सोमपाल कामीले लिनुभएको थियो । उहाँले बेन कोपरलाई बिना कुनै रन पेभेलियन फर्काउनुभएको थियो । खेलको १४औँ ओभरको पाँचाँै बलमा नेदरल्यान्ड्सका इड्वार्डलाई साहब आलमले मैदान बाहिर पठाउनुभयो । खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किनुभयो ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले एक–एक विकेट लिनुभयो । लामिछानेले चार ओभर बलिङ गर्दै २२ रन खर्चिनुभयो । यस्तै कामीले चार ओभरमा मात्र १३ रन खर्चिनुभयो । करण केसीले चार ओभरमा २२ रन खर्चिनुभयो भने अभिनाष बोहराले चार ओभरमा २५ रन खर्चिए पनि विकेट लिन सक्नुभएन ।

डेब्यूमै कुशलको अर्धशतक

नेपाली युवा खेलाडी कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै अर्धशतक बनाउनुभएको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरूद्ध खेल्दै भुर्तेलले ३० बलको सामना गर्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक पूरा गर्नुभएको हो । चौबीस वर्षीय भुर्तेललाई आजको खेलमै डेब्यू गर्नुभएका आशिफ शेखले राम्रो साथ दिनुभएको थियो ।

शेख दाजुभाइले राष्ट्रिय टोलीबाट एकसाथ खेले

नेदरल्याण्डस्विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफ शेख र आसिफ शेखले नेपालको राष्ट्रिय टोलीबाट एकसाथ खेल्नुभएको छ । दुवै जना दाजुभाइ हुनुहुन्छ । एकदिवसीय प्रतियोगितामा भने दुवै जनाले यसअघि पनि एकसाथ खेल्नुभएको थियो । आरिफ दाजु तथा आरिफ भाइ हुनुहुन्छ ।

आसिफले आजको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नुभएको हो । टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट दाजुभाइले एकसाथ खेलेको यो पहिलोपटक हो । २३ वर्षीय आरिफले सन् २०१४ देखि राष्ट्रिय टोलीबाट खेल्दै आउनुभएको छ । उमेर समूहमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएका २० वर्षीय आसिफले राष्ट्रिय टोलीमा स्थान बनाउन लामो समय कुर्नुपरेको थियो । दुवै जना पर्साको वीरगञ्ज निवासी हुनुहुन्छ । आजको खेलमा आशिफले अविजित ५४ रन बनाउनुभयो । उहाँले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गर्नुभयो ।

नेपालले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारीलाई घरेलु मैदानमा उतारेको थियो । चोटका कारण कप्तान पारस खड्का भने मैदान बाहिर रहनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।