पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन इलाममा सम्पन्न
धनकुटा,५ बैसाख । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन इलाममा सम्पन्न भएको छ ।
इलामको फिक्कल नमुना माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा ८३ जना सहभागि मध्ये नृत्य तर्फ १८ जना र गायन तर्फ २८ जना दोसो चरणमा प्रबेश गरेको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।
इलामको कार्यक्रको संयोजन पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ बिजेता प्रविन विसी र संचारकर्मी विवेक घिमिरेले गर्नु भएको थियो भने गायन तर्फको निर्णयकमा लेखु विवस र प्रविन विसी रहनु भएको थियो भने नृत्य तर्फको निर्णयक सुमनयोगीले गर्नु भएको थियो ।
डिबी लिम्बु र प्रनेश राई(यात्री ब्रोज) ले छायॉंकन गरिरहेको यस अडिसनलाई चासुंग युट्युब च्यानल मार्फत दर्शक माझ ल्याइने संयोजक योगीले बताउनु भयो ।
भोलीको झापा अडिसन फिल डान्स स्टुडियो विर्तामोडमा हुने समेत जनाईएको छ ।


