प्रदेश १ पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियाेगिता शूरु
धनकुटा,वैशाख ६ । आजदेखि धनकुटा १ हिलेमा प्रदेश १ पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगिता शूरु भएको छ ।
रामनवमीको अवसरमा हिले भलिवल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रदेश १ का धनकुटा, भोजपुर, ईलाम, झापा, माेरङ्ग जिल्लाका १० टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन एक कार्यक्रमको वीच १ नं प्रदेश सभा सदस्य निरन राईले गर्नुभएको हो । ८ गते सम्म सञ्चालन हुने प्रतियाेगिताको पहिलो हुने टिमले नगद १ लाख सहित कप,मेडल र प्रमाण पत्र र दोस्रो हुने टिमले नगद ५० हजार सहित कप,मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजक क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष सञ्जिव तामाङको अध्यक्षतामा भएको प्रतियाेगिता उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ,जिल्ला समन्वय समितिका सदस्य अाेङदा थिङ,धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ लगायतको उपस्थिती थियो ।


