प्रदेश १ पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगितामा आज तीन खेल

शर्मिला राई/वैशाख ६, धनकुटा । धनकुटाको हिलेमा सञ्चालित प्रदेश १ पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगिता आज तीन खेल भएका छन् ।

हिले भलिवल क्लवको आयोजानामा आजदेखी शूरु भएको प्रतियोगिता अन्र्तगत पहिलो दिनको पहिलो खेल धनकुटा नगरपालिका र झापाको दमक नगरपालिका वीच भएको थियो । यी दुई पालिका वीचको खेलमा १८-२५ र १६-२५ को सोझो सेटमा दमक नगरपालिकाले जित निकालेको छ । त्यस्तै चुलाचुली गाउँपालिका ईलाम र पथरीशनिश्चरे गाउँपालिका मोरङ वीच भएको दोश्रो खेलमा २८-३० र १६-२५ अंकले पथरीशनिश्चरे विजयी भएको छ ।

त्यस्तै झापा गाउँपालिका र धनकुटाको पाख्रीवास नगरपालिका वीच भएको तेश्रो खेलमा २५-२० र २५-२२ अंकले झापा गाउँपालिकाले जित निकालेको प्रतियोगिता आयोजक क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो । धनकुटा, भोजपुर, ईलाम, झापा, मोरङ्ग जिल्लाका १० टिमले सहभागिता जनाएको प्रतियोगिताको ।

पहिलो हुने टिमले नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ । भोलिको पहिलो खेल विहान ९ वजेदेखी सागुरीगढी गाउँपालिका धनकुटा र पथरीशनिश्चरे गाउँपालिका वीच हुने छ । प्रतियोगिताको फाईनल वैशाख ८ गते हुने छ ।-सॉंकेतिक फोटो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।