रामनवमी कप भलिवल प्रतियोगिताको फाईनलमा भोजपुर षडानन्द नगरपालिका र झापा गाउँपालिका प्रवेश
शर्मिला राई/वैशाख ७,धनकुटा । धनकुटा १ हिलेमा जारी प्रदेश १ पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगिताको फाईनलमा भोजपुर षडानन्द नगरपालिका र झापा गाउँपालिका प्रवेश गरेका छन् ।
हिले भलिवल क्लवको आयोजनामा भईरहेको प्रतियोगिता अन्र्तगत आज झापाको दमक नगरपालिका सँग भिडेको षडानन्दले २०-२५,१७-२५,१७-२५ अंकले दमकलाई हराउदै फाईनलमा स्थान सूरक्षित गरेको हो । भने पथरी शनिश्चरे मोरङलाई १८-२५,२३-२५,२२-२५ अंकले हराउँदै झापा गाउँपालिकाले फाईनलको यात्रा तय गरेको हो ।
फाईनल खेल भोलि १ वजे देखी हुने आयोजक क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो हुने टिमले नगद १ लाख सहित कप,मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ५० हजार सहित कप,मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सेमी फाईनल सम्म आईपुगेका ४ वटै टिमलाई आजै भत्ता स्वरुप नगद ५,५ हजार प्रदान गरिएको क्लवका अध्यक्ष तामाङले वताउनुभयो ।


