रामनवमी कप भलिवल प्रतियोगिताको उपाधि भोजपुर षडानन्द नगरपालिकालाई

शर्मिला राई/वैशाख ८,धनकुटा  ।  धनकुटाको हिले सञ्चालित प्रदेश १ पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगिताको उपाधि भोजपुर षडानन्द नगरपालिकाले उचालेको छ ।

झापा गाउँपालिका सँग आज फाईनलमा भिडेको उस्ले २५-२२,१५-२५,२१-२५ र १३-२५ अंकले झापा गाउँपालिकालाई हराउदै उपाधि उचालेको हो ।जित सँगै षडानन्दले नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।

दोश्रो भएको झापा गाउँपालिकाले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्रमा चित्त वुझाएको छ । हिले भलिवल क्लवको आयोजनामा भएको यो प्रतियोगिाताका विजयी टिमलाई प्रतियोगिता समापन कार्यक्रमको वीच धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ सहित कार्यक्रमका अतिथिहरुले पुरस्कार वितरण गरेको क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो ।

सोही अवसरमा प्रतियोगिता आयोजना तथा सञ्चालनका लागि सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको उहाँले वताउनुभयो ।

रामनवामीको अवसरमा हरेक वर्ष खेलाईदै आएको रामनवमी कप भलिवल प्रतियोगितामा यो वर्ष धनकुटा, भोजपुर, ईलाम, झापा, मोरङ जिल्लाका १० टिमले सहभागिता जनाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।