उदयपुर सिमेन्ट : १०० दिनमा ४९ करोड आम्दानी

काठमाडौं । उदयपुर सिमेन्ट प्रालिले पछिल्लो तीन महिनाको अवधिमा रु ४९ करोड आम्दानी गरेको छ । उक्त आम्दानी चालु आर्थिक वर्षको छ महिनाको आम्दानी बराबर हो । उद्योगले चालु आवको साउनदेखि पुस मसान्तसम्म रु ५२ करोड आम्दानी गरेको थियो ।

सो अवधिसम्म उद्योगले छ लाख ९८ हजार ५८६ बोरा सिमेन्ट बिक्री गरेको थियो । गोपी न्यौपानेले उद्योगको महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछिको १०० दिनमा छ लाख ६० हजार १७३ बोरा सिमेन्ट बिक्री भएको हो । चालु आवको साउनदेखि पुससम्मको तुलनामा पछिल्लो १०० दिनमा सिमेन्ट उत्पादन र आम्दानी दुवै वृद्धि भएको उद्योगले जनाएको छ ।

उद्योगले पछिल्लो चार वर्षको उत्पादन इतिहास तोड्दै यही वैशाख ६ गते १७ हजार १६४ बोरा सिमेन्ट बिक्री गर्न सफल भएको छ । पुस मसान्तसम्म तत्काल तिर्नुपर्ने दायित्व रु ६६ करोड रहेकामा उद्योबाट नै कमाइ गरी सरकारी राजश्व रु सात करोड, कर्मचारी सेवा सुविधा भुक्तानी रु आठ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी रु ३० करोड, अवकाश कोषमा रु चार करोड गरी कूल रु ४९ करोड भुक्तानी गरिएको सूचना अधिकारी लक्ष्मणप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उद्योगले यही अवधिमा नेपाल विद्युत् प्रधिकरणलाई भुक्तानी गर्न नसकेको रु २२ करोड भुक्तानीसमेत गरेको छ । महाप्रबन्ध नियुक्त भएदेखि न्यौपाने उद्योगको रणनीतिक सुधारमा खटिइएका थिए । सन् १९९४ मा जापान सरकारको सहयोगमा उद्योगको स्थापना भएको थियो । २८ वर्षअघि जडान गरिएको प्रविधि बारम्बार बिग्रिरहँदा उद्योगले पटकपटक क्षति व्यहोर्दै आएको थियो । उद्योगले पछिल्लो समय भारतबाट विशेषज्ञ ल्याएर मेसिन मर्मत गर्ने गरेको छ ।

विशेषज्ञले अहोरात्ररूपमा खटिएर ‘ब्रेकडाउन’ कम गर्न सफल भएको उद्योगले जनाएको छ । यो अवधिमा क्लिन सेल, मिल र कोलमिलको रोलर मर्मत गरी सञ्चालनमा ल्याइएको छ । लाइनर, ड्राइफार्मलगायत उपकरण भने नयाँ जडान गरिएको छ ।

उद्योगमा कोइला, जिप्सन, आइरनओरलगायत इन्धन तथा कच्चा पदार्थको मौज्दात शून्य हुने अवस्था पनि अहिले समाधान भएको छ । न्यौपाने आएलगत्तै यसको व्यवस्थापन गरी माघ १० गतेदेखि नै नियमित रुपमा कारखाना सञ्चालन हुने व्यवस्था मिलाएका छन् । अहिले यार्डमा पाँच हजार मेट्रिक टनभन्दा बढी कोइला, एक हजार ५०० मेट्रिक टनभन्दा बढी जिप्सन र एक हजार मेट्रिक टन बढी आइरनओर मौज्दात रहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

उद्योगले एक वर्षभित्र एसपी (सस्पेन्सन प्रिहिटर) सिस्टमबाट आरएसपी (रिइनफोर्स सस्पेन्सन प्रिहिटर) सिस्टममा परिवर्तन गरी प्रतिदिन ३०० मेट्रिक टन क्षमता बढाई ८०० मेट्रिक टनबाट एक हजार १०० मेट्रिक टन उत्पादन लक्ष्य लिएको छ । एक वर्षभित्र एक मेगावाटको सोलार प्लाण्टबाट विद्युत् उत्पादन गरी विद्युत्को वैकल्पिक स्रोत प्रयोग व्यवस्था मिलाइने उद्योगले जनाएको छ । प्रतिदिन एक हजार १०० मेट्रिक टन उत्पादन गरी सिमेन्ट बिक्रीबाट रु चार अर्ब आम्दानी हुने उद्योगले प्रक्षेपण गरेको छ ।

उद्योगले अर्बौको क्लिङ्कर आयात प्रतिस्थापन गर्ने, नेपालमा स्थापित अन्य उद्योगलाई कच्चा पदार्थका रूपमा गुणस्तरीय क्लिङ्कर उपलब्ध गराउने, भारतको विहारको नेपाल सीमा क्षेत्रमा निकासीको सम्भावना खोजी गरी निकासी गर्न सकिनेजस्ता मुलुकको हितमा हुनसक्ने बहुआयामिक अवसरको उपयोग गर्ने लक्ष्य लिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।