कोरोना बढे संगै जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गर्यो यस्तो सुचना,पूर्णरुपमा पालना गर्न आग्रह

धनकुटा ।  दिन प्रतिदिन कोरोना भाईरसको संक्रमण तिव्र रुपमा बढ्दै गईरहेको वेला यो रोगको संक्रमणबाट वच्न थप सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले फेरी जिल्लावासीलाई सरकारले जारी गरेको सूचनाको पूर्ण रुपमा पालना गर्न आह्वान गरेको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी को आज धनकुटामा वसेको वैठकले जिल्लावासीलाई स्वास्थ्य सूरक्षामा थप शर्तकता अपनाउन आह्वान गर्दै मानिस जमघट हुने हाटबजार सहित भिडभाड हुने कार्यक्रम पूर्ण रुपमा बन्देज गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटाको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको अध्यक्षतामा वसेको वैठकले आवश्यक काम वाहेक घरबाट वाहिर ननिस्कने,निस्कनै परे स्वास्थ्य सूरक्षाका सम्पूर्ण मापदण्डको पूर्ण रुपमा पालना गर्ने, भारत लगायत अन्य मुलुकबाट लुकीछिपी आएकाहरुलाई अनिवार्यरुपमा होम क्वारेन्टाईनमा राख्ने व्यवस्था सम्वन्धी स्थानिय तहले मिलाउने,पालिकामा रहेका आईशोलेसन सेन्टरलाई सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था पालिकाबाटै मिलाउने,आईशोलेसन सेन्टर नभएका पालिकाहरुले अनिवार्य रुपमा सेन्टर स्थापना गर्ने, गराउने,जिल्लामा सञ्चालित एम्बुलेन्सलाई पालो प्रणालीमा एउटा एम्बुलेन्सलाई अनिवार्य जिल्ला अस्पतालमा राख्ने, धनकुटा नगरपालिका ६ मा रहेको आईसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन धनकुटा अस्पतालले गर्ने लगायतका निर्णयहरु गरेको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापनका अनुसार अहिले सम्म धनकुटाका ७ सय ८८ महिला र १ हजार ८ सय २८ पुरुष सहित जम्मा २ हजार ६ सय ६ जनाको पिसिआर परिक्षण गरिएको मध्ये ४२ जना महिला र १ सय १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

ती मध्येपनि १ सय ३९ जना संक्रमण मुक्त भईसकेका छन्  भने ६ जना होम आईशोलेसनमा रहेका छन् । केन्द्रको तथ्यांकलाई हेर्दा अहिले सम्म जिल्लामा कोराना भाईरस संक्रमित १० जना को मृ त्यु भईसकेको छ  भने १ हजार ९५ पुरुष र ६ सय ५३ महिला सहित १७ सय ४८ जनालाई कोरोना भाईरस विरुद्धको दोश्रो डोज खोप लगाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।