बहुमुखी पाठशालालाई धनकुटा उद्योग बाणिज्य संघबाट आर्थिक सहयोग प्रदान
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले आ’गलागी पीडित धनकुटा ७ का यूवा व्यावसायीहरुलाई आज आर्थिक सहयोग प्रदान गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग र धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट गरी जम्मा ८० हजार ७० रुपैया धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा ७ का आ गलागी पीडित बहुमुखी पाठशालाका संचालकहरु यूवा व्यावसायी सरोज भूजेल र सोभित श्रेष्ठलाई प्रदान गर्नु भएको हो ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुग,उपाध्यक्ष खगेन्द्र विष्ट,कृष्ण श्रेष्ठ,निर्मला राई,महासचिव राम वहादुर गोङ्वा,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु नविन श्रेष्ठ,रेवती प्रसाद अधिकारी,अम्विका धमला,रिदम श्रेष्ठ, डिजेश शाक्य,नगेन्द्र काफ्ले, शोभा श्रेष्ठ,छथर उद्योग बाणिज्य संघका अध्यक्ष शिव श्रेष्ठ ,पूर्व कार्यालय सचिव जयन्द्र प्रधान,कार्यालय सचिव सिचन प्रधान लगायतले समेत आगलागी पीडितहरुलाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
धनकुटा नगरपालिका वडा नं. ७ मदनचौक छेउमा रहेको बहुमुखी पाठशालाको भवनमा आ गलागीबाट पूर्ण रुपमा क्षती हुदा त्यहा रहेको पाठशालाको सामाग्रीहरु,साउण्ड सिष्टमका समाग्रीहरु,टपरी बनाउन मेसेन ,विभिन्न जात जातीका भेष भुषाहरु लगायत त्यहा रहेको सम्पूर्ण समाग्रीहरु जले नष्ट भई लाखौ रुपैया वरावरको क्षती भएको थियो ।


