युवकको श’व बुझ्न आफन्तले गर्यो अस्वीकार

धनकुटा,वैशाख १४ । ट्रकको ठ’क्करबाट मृ’त्यू भएका धनकुटा साँगुरीगढी ४ आहालेका युवकको श’व आफन्तले वुझ्न अस्वीकार गरेका छन् । इटहरी धरान-सडक खण्ड अन्तर्गत तरहराको पानीपियामा ट्रकले ठ’क्कर दिँदा मृ’त्यू भएका २४ वर्षका राकेश राई को श’व वुझ्न आफन्तले अस्वीकार गरेका हुन् ।

दू’र्घटनामा संलग्न ट्रकका चालक पक्राउ नपरे सम्म श’व नवुझ्ने मृ’तकका आमा बुवा राज कुमारी र अक्ल राईले वताएका छन् । उनिहरुले मोटर साईकललाई ठक्कर दिने ट्रकका चालकलाई प’क्राउ गरी कानुन अनुसार कारवाही गरिनु पर्ने र तत्काल क्ष’तिपूर्ति दिनु पर्ने माग समेत गरेका छन् ।

ना ५ ख ५८२३ नं को ट्रकले पछाडीबाट सोमवार दिउँसो ठक्कर दिदा ग’म्भिर घा’ईते भएका राकेशको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ उपचारको क्रममा मृ’त्यू भएको प्रहरीले जनाएको छ । दू’र्घटनापछि अन्य सवारी साधनका यात्रुले उद्दार गरी उनलाई उपचारका लागि प्रतिष्ठानमा पुर्याएका थिए ।

उनि प्रदेश १-०२-०४० च ५८२७ नम्बरको मोटरसाइकलमा सवार थिए । मृ’तकको श’व अहिले अस्पतामै छ । आफन्तका अनुसार उनि धनकुटाकै साँगुरीगढी गाउँपालिका डाँडाबजार प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत् स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) पद मा कार्यरत थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।