धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा,१४ बैशाख । धनकुटाका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धनकुटा अस्पताको ल्यावमा गरिएका १६ वटा नमुना मध्ये २ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय धनकुटाका सुचना अधिकारी राजन पोखरेलले जानकारी दिनु भयो ।
संक्रमित हुनेहरुमा धनकुटाका नगरपालिका ४ का ६१ बर्षिय पुरुष, महालक्ष्मी नगरपालिकाका ३० बर्षिय पुरुष रहेका छन ।
त्यस्तै पाखिबास नगरापालिका १० कि ३० बर्षिया महिला र महालक्ष्मी नगरपालिका ५ कि २८ बर्षिया महिला र सोही वडा की ३६ बर्षिया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।


