धनकुटा सहित प्रदेश १ का १४ वटै जिल्लामा आम सडक प्रयोगकर्तालाई मास्क वितरण(फोटो फिचर)
धनकुटा,१४ बैशाख । कोरोना भाईरसको संक्रमण न्यूनिकरण तथा शर्तकताका लागि आज धनकुटा सहित प्रदेश १ का १४ वटै जिल्लामा आम सडक प्रयोगकर्तालाई मास्क वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाको संयुक्त आयोजना तथा १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरी सुनसरीको पहलमा विहान १० वजे धनकुटा जिल्लाको २९ वटा प्रहरी युनिटबाट मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

मास्क नलगई सवारी साधन सवर,सडकमा आवतजावत गरिहेका, पसलमा वसेका र किनमेलका लागि आएका उल्लेखित संख्याका नागरिकलाई मास्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाभर १५ सय थान मास्क वितरण गरिएको छ । कोरोनाको दोश्रो लहर चलिरहँदा बजारी क्षेत्रका नागरिकले उल्लेख्य मात्रा मै मास्क प्रयोग गरिरहेका छन् ।
आम सडक प्रयोग कर्ताहरुलाई कोरोना भाईरसबाट वच्न अनिवार्य मास्क लगाउन सु सुचित गर्दै नलगाएकाहरुलाई मास्क वितरण समेत गरिएको हो ।

यो कार्यक्रम साँझ ५ वजे सम्म प्रदेश १ को १४ जिल्लाको ९२ वटा ट्राफिक ईकाइहरुबाट सञ्चालन हुने १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरी सुनसरीले जनाएको छ ।



