गाउँपालिकाले भन्यो कोरोनाको जस्तो लक्षण देखिए घर मै बस्नुहोस्
धनकुटा, १४ बैशाख । धनकुटाको चौबिसे गाउँपालकाले भोली बाट बैशाख १८ गते सम्म गाउँपालिका भित्रका सबै विद्यालय बन्द गर्ने भएको छ ।
साथै अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन समेत गाउँपालिका बासिमा अनुरोध गरेको छ त्यस्तै न्यू भर्सनको कोरोना जस्तो लक्षण देखिएमा नेपाल सरकारले तोकेको स्वाथ्य मापदण्डको पालना गर्दै घर मै बस्न गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृतद्धरा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ।



