धनकुटाको ऐतिहासिक निशान भवगती मन्दिरको छाना तामाको लगाईदै
धनकुटा,१५ बैशाख । धनकुटा वजारको मुटुमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको निशान मन्दिरको छाना अव तामाको लगाईने भएको छ । यस क्षेत्रकै प्रमुख आस्थाको केन्द्रको रुपमा रहेको र महत्वपूर्ण देवीको रुपमा पुजिदै आएको निशान भगवतीको मन्दिरमा नेपाली नाको अगुवाईमा स्थानियवासीको सहकार्यमा तामाको छाना लगाईने भएको हो ।

यसैगरि निशान भगवतीको मन्दिरमा तामाको छानाको अतिरिक्त तेलिया इटाको गाह्रो पनि लगाईनेछ । निशान मन्दिरमा तामाको छाना र तेलिया इटा लगाउनका लागि कुल ५५ लाख रुपैया लाग्ने इष्टमेट गरिएको छ । यसका लागि नेपाली सेनाको जंगी अड्डावाट दशलाख रुपैया सहित नेपाली सेनाको विभिन्न युनिटवाट गरि करिव २२ लाख रुपैया जम्मा भईसकेको निर्माण समितिको संरक्षक एवंनिर्माण समितिका अध्यक्ष वरखगण धनकुटाका प्रमुख सेनानी भगवान थापा मगरले वताउनुभयो ।
मन्दिरको तामाको छाना र तेलिया इटाको गाह्रो लगाउनका लागि नेपाली सेनाको वरखगण धनकुटाको अगुवाईमा विभिन्न निर्माण उप समितिहरु समेत वनाई सकिएको छ । निर्माण समितिको उपसमितिको संयोजकमा सुवास श्रेष्ठ, आर्थिक उपसमितिको संयोजकमा द्रोणप्रसाद गुरागाई, प्रचार प्रसार उपसमितिको संयोजकमा नगेन्द्र राई रहनु भएको छ ।वरखवण धनकुटाका प्रमुख शेनानी भगवान थापा मगरले हाल सम्म मन्दिरको स्तर उन्नतिको वारेमा भएका प्रगति विवरण सुनाउनु भएको थियो ।
यसैगरि मन्दिर स्तर उन्नति अन्र्तगत निर्माण समितिका संयोजक शुवास श्रेष्ठ, आर्थिक संकलन समितिका संयोजक द्रोणप्रसाद गुरागाई, प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राईले मन्तव्य राख्नुभएको थियो । मन्दिरमा तामा र तेलिया इटा लगाउनका लागि इच्छुक चन्ददाताहरुवाट आर्थिक सहयोग लिने समेत निर्णय गरिएको छ ।
जस अनुसार पाँच केजी तामाको मूल्य वरावर एक व्यक्तिवाट एकमुष्ठ सातहजार रुपैया प्रदान गरिएमा शिलालेखमा सहयोगीदाताको नाम कुँदिने भएको छ । यसैगरि चौध हजार रुपैया चन्दा दिएमा दुईजनाको र एक्काईस हजार रुपैया उपलव्ध गराएमा तीनजनाको सहयोगीदाताको नाम शिलालेखमा कुदिनेछ ।


