छथर जोरपाटीमा सकियो लागत संकलन, एक घर परिवारले ४ आना देखि गाउँमा १९ रोपनी पाउने

नारायण कुमार राई/ छथर जोरपाटी,धनकुटा  । छथर जोरपाटी धनकुटाले आफ्नो पालिकामा रहेका भूमिहीन दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबासी ६५५ घर परिवारको तथ्यांक संकलन गरिएको छ ।

प्रारम्भिक लागत संकलन सकेको छ । जसमा भूमिहीन दलित घर परिवार ४,भूमिहीन घर परिवार संख्या ४१,अब्यबस्थित बसोबासीको संख्या ६१० रहेको छ ।

सबैभन्दा बढी वडा नं.६ मा २६२ घर परिवार,वडा नं.२ मा २५५ र वडा नं.३ मा ७९ जना भूमिहीन तथा अब्यबस्थित बसोबासी घर परिवारको तथ्यांक संकलन गरिएको छ ।

त्यस्तै वडा न..१ मा १० जना,वडा नं.४ मा ३४ जना र वडा नं.५ मा १४ घर परिवारको लागत संकलन गरिएको छ ।

तथ्यांक संकलनको काम निरन्तर रहने भूमिहीन सम्बन्धि समस्या समधान आयोग छथर जोरपाटी ईकाइका ‘फोकल पर्सन’ नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

लागत संकलन पछि प्रमाण पुगेका शहरी क्षेत्रका भूमिहीन दलित तथा सुकुम्बासीहरुले बसोबासका लागि ४ आना ० पैसा १.४२ दाम जमिन पाउनेछन् ।

ग्रामिण क्षेत्रका भुमिहीन दलित तथा सुकुम्बासीहरुले बसोबासका लागि १० आना २ पैसा ३.०९ दाम जमिन पाउनेछन् । कृषि प्रयोजनका लागि ५ रोपनी १४ आना १ पैसा १.६२ दाम जमिन पाउनेछन् ।

त्यस्तै अब्यबस्थित बसोबासीहरुले बसोबासका लागि शहरी क्षेत्रमा भूमिहीन दलित तथा सुकुम्बासी सरह ४ आना ० पैसा १.४२ दाम जमिन पाउनेछन् ।

ग्रामिण क्षेत्रमा बसोबासका लागि १ रोपनी १५ आना १ पैसा ३.२१ दाम र कृषि प्रयोजनका लागि १९ रोपनी १० आना २ पैसा ०.०७ दाम जमिन पाउनेछन् ।

यसरी जमिन पाउने घर परिपारले आयश्रोतको आधारमा सरकारी मुल्याकनको ८ देखि २०० प्रतिशत सम्म जमिनको राजश्व तिनुपने भुमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष नैनबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।