अपडेट : धनकुटा बस दु’र्घटनामा घा’इतेहरुको नाम,ठेगाना यस्तो छ
धनकुटा । धनकुटाबाट धरान तर्फ जादै गरेको को १ ख ४६१० नम्बरको बस र विपरित दिशा बाट आएको को १ ख ७७७८ नम्बरको बस आपसमा ठोकिंदा ७ यात्रु सामान्य घा’इते भएको र उनिहरु लाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाईएको टाफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा को १ ख ७७७८ नम्बरको बसमा सवार पाँचथर मिक्लाजुङ गापा -८ बस्ने वर्ष ५९ बिर वहादुर तामाङको अनुहारमा चो’ट लागेको,धनकुटा चौबिसे गापा -१ बस्ने वर्ष ३९ को चेतराज तामाङको खुट्टामा चो’ट लागेको,सोही स्थानका वर्ष ४२ को तारा गुरुङको हात र खुट्टामा चो’ट लागेको,इलाम रौङ गाउपालिका -३ शान्तिनगर बस्ने वर्ष२२ को दिपक गुरुङको अनुहार मा चो’ट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
त्यस्तै को १ ख ४६१० नम्बरको बसमा सवार धनकुटा पाख्रीवास नगरपालिका -२ बस्ने वर्ष ४५ को चन्द्र माया तामाङको खुट्टामा चो’ट लागेको , भोजपुर पौवादुम्मा गाउपालिका-४ बस्ने वर्ष ४६ को राज कार्कीलाई सामान्य चो’ट लागेको र सुनसरी धरान उपनपा-७ बस्ने वर्ष ३४ को नवराज राई ,दाहिने खुट्टामा चो’ट लागेको छ ।
दु’र्घटना ग्रस्त दुवै सवारी साधन सडक किनारामा साईड लगाई राखिएको छ भने वसका चालक धनकुटा सान्ने -६ बस्ने बर्ष ३९ को प्रेम बहादुर बरुवाल र भोजपुर जरायोटार-३ बस्ने बर्ष ४१ को भरत दाहाल प्रहरी चौकि मुलघाटको नियन्त्रणमा रहेका छन् ।


