पाख्रीबासमा भेटिएको शवलाई पोष्ट्मार्टमका लागि धनकुटा अस्पताल लगियो
धनकुटा,१६ बैशाख । धनकुटाको पाख्रीवासमा फेला परेको महिलाको शव पाेष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।
शव महिला कै हो भन्ने खुलेपनि नाम, ठेगाना जस्ता कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
हिजो साँझ पाख्रीवास नगरपालिका ४ पाख्रीवास-लेगुवा सडक खण्ड अन्तर्गत सिमखेत नजिक सडिसकेको अवस्थामा शव फेला परेको थियो ।
आज प्रहरी सहितको टोलीले शव लगेर पाेष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याएको हो ।


