चौविसेका विद्यालयको परिक्षा र पठनपाठन बन्द

धनकुटा,१७ बैशाख । धनकुटाको चौबिसे गाउँपालको आज बसेको सिसिएसीको बैठकले गाउँपालिका भित्रका सबै विद्यालय अर्को सुचना जारी नभए सम्मका लागि परिक्षा र पठनपाठन बन्द गर्ने भएको छ ।

साथै अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन समेत गाउँपालिका बासिमा अनुरोध गरेको छ त्यस्तै न्यू भर्सनको कोरोना जस्तो लक्षण देखिएमा नेपाल सरकारले तोकेको स्वाथ्य मापदण्डको पालना गर्दै घर मै बस्न गाउँपालिकाका निमित प्रमुख प्रसाशकिय अधिकृतद्धरा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ।

समन्वय नहुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ, १७ वैशाख (रासस) : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

नगरपालिकाको वडा नं. ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । खानेपानीले पाइप मर्मत गर्ने क्रममा खाल्डो खनेर पाइप मर्मत गर्दा समन्वय नगरेकाले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख खगेन्द्र कटुवालले राससलाई जानकारी दिनुभयो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण दर उच्च भएर निषेधाज्ञा जारी भएकै दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइनबाट अध्ययन गरिरहेका हजारौँ विद्यार्थी एवं घरबाटै काम गरिरहेका मानिस प्रभावित भएका छन् । वडा नं. १, २, ३ र ४ का सबै टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । करिब एक हजार ५०० टेलिफोन र एक हजार १०० को सङ्ख्यामा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

टेलिकमको टेलिफोन र इन्टरनेट सेवा लिइरहेका स्थानीयवासी रामचन्द्र भण्डारी सरकारी कम्पनी डुबाउने उद्देश्यले महिनामा दुईदेखि तीन पटकसम्म सेवा अवरुद्ध हुने गरेको बताउनुहुन्छ । निजी इन्टरनेट सेवा प्रदायकलाई पोस्न सरकारी कम्पनीको सेवा अवरुद्ध गराउन मिलेमतो हुने गरेको उहाँको आरोप छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई दैनिक तीन पटकसम्म फोन गरी आफूतिर तान्ने प्रयास गर्ने गरेका छन् ।

समन्वयमा काम गरी ग्राहकलाई दुःख नदिन पटकपटक आग्रह गर्दा पनि कार्यान्वयन नभएको वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ बताउनुहुन्छ । समन्वयमा काम गर्न भनी लिमिटेड महाङ्कालचौर शाखाका कार्यालय प्रमुखले फोन नउठाउने गरेको उहाँको गुनासो छ । बिहीबार बिहानदेखि अवरुद्ध भएको सेवा अझै शुरु हुन सकेको छैन ।

लिमिटेड महाङ्कालचौर शाखाका प्रमुख उमेश मरहट्ठा टेलिकमले तार मर्मत गर्न सडक खन्ने क्रममा खानेपानीको पाइप पनि बिग्रने गरेको आरोप लगाउनुहुन्छ । सरकारी कार्यालयले एकार्कालाई आरोप प्रत्यारोप गरी सेवा अवरुद्ध गर्ने गर्दा हजारौँ उपभोक्ता भने प्रभावित हुने गरेका छन् । निषेधाज्ञाको समयमा विद्यार्थी र कामकाजीलाई प्रभावित पार्ने गरी सेवा अवरुद्ध गरेकामा सेवाग्राही रुष्ट बनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।