अर्को सुचना नआए सम्म पठन-पाठन बन्द
धनकुटा । सहिदभुमि गाँउपालिका धनकुटाको शिक्षा शाखाद्धारा कोभिड १९ बाट बच्नका लागि उच्च सर्तकता अपनाउदै विद्यालयहरु मार्फत अर्को सुचना नआए सम्म तत्कालका लागि पठन पाठन बन्द गरिएको हुदाँ अभिभावकले पनि अरुसमय भन्दा विशेष सचेतता पूर्वक जिम्मेवारी निवार्ह गर्न आग्रह गरिएको छ ।
सहिद भुमि गााउपालिकामा ३९ वटा सामुदायिक र ५ वटा निजि विद्यालय रहेका छन् । सम्पूर्ण विद्यालयले तेस्रो चरणको ७० अंकको परिक्षा सकेर विद्यालय बन्द गरिएको गाँउपालिकाको शिक्षा साखा प्रमुख उमेस राइले बताउनु भएको छ ।
केहि बाकि रहेको विद्यालयले पनि केन्द्रको सर्कुलर अनुसार बैसाख २० गते सम्म सम्पन्न हुने जानकारी दिनु भयो । साथै उहाले चौथो चरणको परिक्षा पछि विद्यार्थिको अन्ति नतिजा आउने भएकाले यस वर्षको चौथो चरणको परिक्षा कोरोनाका कारण लिन नपाएमा यहि परिक्षाको नतिजाका आधारमा विद्यार्थीको मुल्याङकन गरेर अर्को वर्षको कक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।
गााउपालिकाले भर्चुल अनलाइनको माध्यम बाट पनि पढाइ सञ्चालन भइरहेको शिक्षा साखा प्रमुख राइले जानकारी दिनुभएको छ । अनलाइनको माध्यम बाट सबै विद्यार्थिलाई समेट्ने कोशिस जारी रहेपनि इन्टरनेटको असुबिधाकारण समस्या भइरहेको गाँपालिकाले जनाएको छ ।
सम्पूर्ण विद्यालयहरुमा कोरोना संक्रमण टेस्ट तथा सुरक्षित विधि अपनाएर पठनपाठन भइरहेको कारण अहिले सम्म विद्यार्थि तथा शिक्षकमा कोरोना नदेदिएको शिक्षा साखाले जनाएको छ । त्यस्तै गरी विद्यालय सञ्चालन हुदा विद्यालयको निगरानिमा हुने भएकाले अहिले विद्यालय बन्द हुदा विद्यार्थि वरपर जताततै हिडडुलगर्ने पाएकोले अभिभावकहरुले विशेष सचेतता पूर्वक ख्याल गर्न पनि आवश्यक रहेको शिक्षक साखाले बताएको छ ।


