खाद्य स्वच्छता सम्बन्धि दुई दिने तालिम

धनकुटा, १८ बैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले साँगुरीगढी गाउँपालिका भेडेटारमा रहेका २० वटा होटेल रेष्टुरेन्ट सन्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धि दुई दिने तालिम स्वास्थ्य सुरक्षा मापदण्डका साथहोटल एसोसिएसन भेडेटारको सहकार्यमा सम्पन्न गरेको छ।

उक्त तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाईले खाद्य स्वच्छताको दृष्टिकोणबाट होटेल रेष्टुरेन्टको आवश्यक पुर्वाधार विकास, सरसफाई, पानीको व्यावस्थापन,भौतिक पुर्वाधार तथा गुणस्तरको विषयमा प्रकाश पार्नुभएको थियो।

त्यस्तै खाद्य स्वच्छताको आधारमा होटेल स्तरिकरण गर्ने निर्देशिका २०७४ अन्तर्गत स्तरिकरण मुल्याङ्कन सुचाङ्कको आधारमा होटेलको खाद्य स्वच्छताको स्तर वर्गिकरण गरिने विषयमा जानकारि गराऊनु भएको थियो।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरिक्षक सुशिल कोईरालाले खाद्य पदार्थमा हुन सक्ने जोखिमहरू, होटेल रेस्टुरेन्टका विद्यमान समस्या तथा सुझावहरु, खाद्य मिसावटको बारेमा जानकारि प्रदान गर्नुभएको थियो।

उक्त तालिममा साँगुरीगढी गाउँपालिका कार्यालयका अधिकृत प्रज्वल पोख्रेलले खाद्य स्वच्छताको सम्बन्धमा नियमन गर्ने ऐन खाद्य ऐन २०२३ खाद्य नियमावली २०२७ का आधारभुत पक्षहरुको विषयमा जानकारी प्रदान गर्नुभएको थियो।

तालिममा संलग्न सहभागिहरुले तालिम निकै प्रभावकारी रहेको, पहिलो पटक भाग लिएको, खाद्य स्वच्छता कायम गर्न मदत पुग्ने विश्वास गर्नुभएको थियो।होटेल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाउँपालिकाका होटलहरुका विद्यमान समस्याहरु, आन्तरिक पर्यटन विकासमा होटलको भूमिका र खाद्य स्वच्छता प्रदान गर्ने विषयमा प्रतिबद्द रहेको बताउनु भएको थियो।

उक्त दुइ दिने तालिमको प्रमूख अतिथि साँगुरीगढी गाउँपालिका उपप्रमुख वृन्द राई रहनु भएको थियो।उपप्रमुखले गाउँपालिकाका सन्चालित कार्यक्रमहरु, फोहोरमैला व्यावस्थापन गरिने, होटल व्यावसायले भेडेटारको पर्यटन विकासमा सहयोग पुगेको बताउनुभएको थियो।

कार्यक्रम समापन गर्दै कार्यालय प्रमुख अनुप हलवाईले कार्यक्रमको उद्धेश्य अनुसार साना होटल व्यावसायीहरुलाई खाद्य स्वच्छताको तालिम दिएको,अनुगमन मार्फत तालिम सिकाइको परिक्षण गरिने बताउनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले यस जिल्लाका होटल, रेष्टुरेन्ट,खाद्य बजार,उद्योग अनुगमन तथा निरिक्षण गर्ने, खाद्य मिसावट नियन्त्रण गर्ने, सरोकार पक्षहरुलाई खाद्य स्वच्छता तथा खाद्य पोषण सम्बन्धि तालिम प्रदान गर्ने,खाद्य बजारको स्वच्छता कायम गर्ने कार्य गरिरहेको जानकारी गराउनु भएको थियो।कार्याक्रम सन्चालक खाद्य निरिक्षक सुशिल कोईरालाले गर्नुभएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।