लागु औ’षध सहित धनकुटामा एक प’क्राउ

वैशाख १८,धनकुटा । लागु औ’षध सहित धनकुटामा एक व्यक्ति आज दिउँसो प’क्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का २३ वर्षका भिमराज लिम्वु रहेको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिका मदन चौकमा पैदल यात्रा गरिरहेको अवस्थामा पक्राउ परेका लिम्वुको साथबाट प्रहरीले ४७ पीस डा ईजेल्याप, ४४ पीस ए भिएल ३८ पीस लु प्रिजेसिक र लागु औ षध प्रयोग गर्ने ४ वटा सु ई बरामद गरेको छ ।

यस्तो कारोबारको अन्य कनेक्सन समेत हुन सक्ने भएकोले थप अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी सन्तुलाल जैसवालले जानकारी दिनुभयो ।

श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्छ ः नेता कोइराला

इनरुवा, १८ वैशाख (रासस)ः प्रदेश नं १ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कोभिड–१९ महामारीका चपेटामा परेका सम्पूर्ण श्रमजीवीको जीवनको सुरक्षा र श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अहिले कोरोनाका कारणले विश्व समुदाय अक्रान्त भएको र यसबाट हाम्रा सबै श्रमिक, मजदूर असाध्यै कठिन अवस्थामा परेको तथा कामधन्धा बन्द भएका कारणले प्रदेश सरकारले श्रमिकहरुका लागि विशेष राहतको प्याकेज तत्काल घोषणा गर्नुपर्ने भन्नुभएको छ । उहाँले कोरोना महामारीको कठिन परिस्थितिमा सरकारले मजदूर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने बताउँदै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्न र श्रमिक मैत्री भएर काम गर्नसमेत आग्रह गर्नुभयो ।

नेता कोइरालाले श्रमिक समाज राष्ट्रको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै सात सालको क्रान्तिदेखि अहिलेसम्म नेपालका हरेक राजनीतिक आन्दोलनमा श्रमिकहरु अग्रपङ्क्तिमा उभिएकाले अहिले सम्मका सबै परिवर्तनहरु सम्भव भएको बताउनुभयो । सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “ नेपालमा परिवर्तनका नायक र परिश्रमका पर्याय श्रमिक वर्गको हितका लागि सरकारले ठोस कदम चाल्नुपर्दछ ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।