बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

खोटाङ, १९ वैशाख । जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा शनिबार सम्पन्न जिल्ला लिगको (ए) डिभिजनतर्फ ११ अङ्कसहित बाक्सिला फुटबल क्लब लिग च्याम्पियन बनेको हो ।

(ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने आयोजक जिल्ला फुटबल सङ्घका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिनुभयो । यस्तै १० अङ्कसहित सोल्मा स्पोर्ट्स क्लब रनरअप र नौ अङ्कसहित खारम्बु स्पोर्ट्स क्लब तेस्रो भएको आयोजकले जनाएको छ ।

खोटाङ भगवती स्पोर्ट्स र हलेसी तुवाचुङ फुटबल क्लबले पाँच÷पाँच अङ्कसहित (ए) डिभिजनमा आफ्नो स्थान कायम राखेका छन् । (ए) डिभिजनमा रहेको खोटाङ फुटबल एकेडेमी भने (बी) डिभिजनमा ओर्लिएको छ । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा (बी) डिभिजनतर्फ नौ अङ्कसहित बुइपा इलेभेन स्पोर्ट्स क्लब लिग च्याम्पियन बनेको छ । प्राप्त अङ्कका आधारमा बुइपा इलेभेन स्पोर्ट्स क्लब (बी) डिभिजनमा उक्लिन सफल भएको छ ।

चार अङ्कसहित जन्तेढुङ्गा फुटबल क्लब दोस्रो र तीन अङ्कसहित नमूना स्पोर्ट्स क्लब तेस्रो भएको प्रवक्ता राईले बताउनुभयो । (बी) डिभिजन लिगमा नुनथला फुटबल क्लबले एक अङ्क मात्र प्राप्त गरेको जनाइएको छ । जिल्ला लिगमा (ए) डिभिजनतर्फ छ क्लब र (बी) डिभिजनमा चार क्लबबीच प्रतिस्पर्धा भएको थियो । गत वर्षको लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका छ क्लब (ए) र चार क्लब (बी) डिभिजनमा परेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा विसं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपल्ट विसं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

विसं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई विसं २०७५ मा अस्थायी र विसं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको थियो । पूर्वी पहाडी जिल्ला खोटाङले एन्फाको सदस्यता पाएसँगै फुटबल खेल क्षेत्रको विकासले गति लिने अपेक्षा गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय फुटबल खेललाई प्राथमिकतामा राखेर हरेक स्थानीय तहमा खेलमैदान निर्माण तथा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । हरेक स्थानीय तहमा एक÷एकवटा पालिकास्तरीय तथा हरेक वडामा वडास्तरीय खेल गराउने मिल्ने गरी खेलमैदान निर्माण गरिएको हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖