लोकसेवा आयोगमा सफल भएका विद्यार्थीहरुलाई सम्मान
धनकुटा,१८ बैशाख । आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले अघिल्लो बर्ष संचालन गरेको लोकसेवा तयारी कक्षा लिएर लोकसेवा आयोगमा सफल भएका विद्यार्थीहरुलाई आज सम्मान गरेको छ ।

लोकसेवा आयोगले लिएको परिक्षमा नायब सुब्बा तर्फ नाम निकाल्न सफल प्रदिप योञ्जन,सन्देश राई,जेनि राई तथा खरिदार तर्फ सफल भएका जेनिस मगर र बृषिका राई लाई सम्मान गरिएको आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रबिन खड्गीले जानकारी दिनु भयो ।
कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिकका प्रमुख चिन्तन तामाग र विशेष अतिथीमा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापा रहनु भएको अध्यक्ष खड्गीले जानकारी दिनु भयो ।


