कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिन थालेको भन्दै एक हप्ताका लागि सेवा बन्द
धनकुटा,१९ बैशाख । धनकुटा नगरपालिकाले भोलीबाट अत्यावश्कीय सेवा बाहेका सबै सेवा १ हप्ताका लागि बन्द गर्ने भएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड १९ को लक्षण कर्मचारीमा देखिएको र अन्य कर्मचारीमा समेत लक्षण देखा पर्न थालेकोले अत्याबश्यकीय सेवा बाहेका सेवा १ हप्ता लाई बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापाद्धरा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वाथ्य सेवा,फोहोर मैला व्यावस्थापन,एम्बुलेन्स दमकल, खानेपानी,नगरप्रहरी विपत व्यावस्थापन र अत्यन्तै जरुरी सिफारिस बाहेका सबै सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।

जसपाका पदमुक्त सांसदका रिट दर्ता गर्न अस्वीकार
काठमाडौँ, १९ वैशाख (रासस) : सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभाका चार सदस्यको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुग्नुभएका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो ।
सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण बन्दीप्रत्यक्षीकरण र कोरोना सङ्क्रमणसँग सम्बन्धित बाहेक अन्य विषयका निवेदन दर्ता नहुने निर्णय भएको हुनाले दर्ता गर्न अस्वीकार गरिएको हो । जसपा प्रदेश संसदीय दलको सिफारिसनुसार प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको हुँदा उक्त निर्णय बदर गरी आफूहरूलाई यथावत्रूपमा कामकारबाही गर्नका लागि परमादेशको माग रिट निवेदनमा थियो ।


