लागु औ’षध कारोवारमा संलग्न थप दुई जना धनकुटाबाट पक्राउ

धनकुटा । लागु औ’षध कारोवारमा संलग्न थप दुई जना धनकुटाबाट पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका वडा नं ६ रमाइलो घुम्ती बस्ने बर्ष २३ को रुपेश मरिक र धनकुटा नगरपालिका वडा नं ७ सिरवानि बस्ने बर्ष २९ को “प्रबिण” भनिने हरी सुन्दर श्रेष्ट लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

यसअघि हिजो पक्राउ परेका धनकुटाको बुढीमोरङ घर भई हाल धरान उपमहानगरपालिका १९ वस्दै आएका २३ वर्षका भिमराज लिम्वुको वयानको आधारमा रुपेश र सुन्दरलाई पक्राउ गरिएको हो ।

धनकुटा नगरपालिका मदन चौकमा पैदल यात्रा गरिरहेको अवस्थामा पक्राउ परेका लिम्वुको साथबाट प्रहरीले ४७ पीस डाईजेल्याप, ४४ पीस एभिएल ३८ पीस लुप्रिजेसिक र लागु औ’षध प्रयोग गर्ने ४ वटा सु ई सहित १ सय ३० एम्पुल बरामद गरेको थियो ।

लिम्वुको वयान पछि प्रहरी निरीक्षक काशीनाथ रेग्मी सहितको प्रहरी टोली खटिएर अनुसान्धान गर्दा सुन्दरको कोठाबाट २० एम्पुल एभिल,२० एम्पुल लुप्रिजेसिक, डाईजिल्याप २० एम्पुल र प्रोमेथजिन २० एम्पुल फेला पारेको छ ।

पक्राउ परेका तीनै जना माथि जिल्ला अदालत धनकुटाबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाको सञ्चार शाखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।