धनकुटामा थप ५ जनामा संक्रमण पुष्टि

धनकुटा,२० बैशाख । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक जिल्लामै १२ जनाको पिसिआर गरिएको मध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसनद गुरागाईले जानकारी दिनुभयो ।

१२ जनाको पिसिआर गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आउनु निक्कै ख’तरा पूर्ण रहेकोले थप सचेत भई सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।

बागलुङका पत्रकारको आफ्नै आइसोलेसन कक्ष

गलकोट, २० वैशाख (रासस) : नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गएको सन्र्दभमा अग्रपङ्क्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ ।

शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका शाखा अध्यक्ष नरेश कँडेलले बताउनुभयो । उहाँले पत्रकारहरुलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा आइसोलेसन कक्ष तयार गरिएको बताउनुभयो ।

“पत्रकार अग्रपङ्क्तिमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा शय्या नपाइन सक्छ त्यसैले पत्रकारहरुका लागि महासङ्घले नै आइसोलेसन कक्ष बनाएको छ”, अध्यक्ष कँडेलले भन्नुभयो, “जिल्लामा हालसम्म अग्रभागमा खटिने पाँच पत्रकारलाई कोरोना सङ्क्रमण भई निको भइसकेको अवस्था छ, पत्रकारलाई कोरोना सङ्क्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा शय्या विस्तार गर्दै जानेछौँ ।”

नवनिर्मित भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार सङ्क्रमित नभए पनि कोरोनाको बढ्दो सङ्क्रमणले जस्तोसुकै अवस्था आउन सक्ने भन्दै पूर्वतयारी थालिएको महासङ्घले जनाएको छ ।

आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरि अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो । उहाँले पत्रकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेकामा खुसी व्यक्त गर्दै सङ्क्रमणको दर बढ्दै गएमा अस्पतालमा शय्या अभाव हुने भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताउनुभयो । उक्त आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मीसमेत खटाउनेछ ।

आइसोलेसन कक्षमा आवश्यक स्वास्थ्य सामग्री ब्रदर्श सर्जिकल एण्ड डाइग्नोस्टिक प्रालि बागलुङका सञ्चालक नीलकण्ठ शर्माले प्रदान गर्नुभएको छ । उहाँले पत्रकार महासङ्घलाई पाँच लिटर स्यानिटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, २५० थान मास्क, पाँच लिटर स्यानिटाइजर, पल्स अक्सिमिटर, डिजिटल रक्तचाप परीक्षण औजार, डिजिटल थर्मोमिटर र हेण्ड वास एक थान सहयोग गर्नुभएको अध्यक्ष कँडेलले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।