छोरीलाई अस्पताल लिएर गएका भुपेन्द्र सुब्बा आफै भए बे’पत्ता,खोजी गरिदिन परिवारको आग्रह
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका एक व्यक्ति विगत एक हप्ताबाट वेपत्ता भएका छन् ।

छथरजोरपाटी गाउँपालिकाको वडा नं २ का वर्ष ५० का भुपेन्द्र सुब्बा गएको मंगलबार विहान ८ वजेदेखी विराटनगरबाट हराएका हुन् ।
छोरीलाई उपचारका लागि वैशाख ११ गते विराटनगर नोबेल हस्पिटलमा लगेर गएका लिम्बू १४ गते मंगलवार हस्पिटलबाट बाहिर जान्छु भनेर निस्किएको र अहिले सम्म नफर्केको उहाँको बहिनी निर्मला खवाहाङले वताउनुभयो ।
उनको खोजीको लागि प्रहरीमा उजुरी दिईसकेको र आफुहरुले पनि खोजी गरिरहेको आफन्तले वताएका छन् ।
लिम्वुलाई यदि कसैले भेटे नजिकैको प्रहरी कार्यलय वा उनका भाई यूवराज लिम्बू को मोबाइल नं ९८४१२४७९६२/९८४२०६१८१२ मा फोन गरि जानकारी गराईदिन आफन्तले अनुरोध गरेका छन् ।


