कोरोना रोकथामका लागि यसरी जुट्दै छथर

तेह्रथुम । बिश्वब्यापी रुपमा कोरोनाको संक्रमण फैलिन थाले सँगै संक्रमण रोकथामका लागि तेह्रथुमको छथर गाउँपालिका पुर्ब तयारीमा जुट्न थालेको छ । आफु पनि बचौ ,अरुलाई पनि बचाऔं भन्ने अभियानका साथ नयाँ भेटियन्ट भाइरसको रोकथामका लागि पुर्ब तयारीमा लागेको छथर गाउँपलिकाका प्रबक्ता राजन नेपालीले बताउनु भयो ।

छथरबासिको जनजीवनलाई मध्यनजर गर्दै शिक्षण सस्था ,हाट बजार तथा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित गरिएको प्रबक्ता नेपालिले जानकारी दिनु भयो।

छथर का सबै नाका ब्याबस्थापन गरि प्रारम्भिक चेक जाचको लागि वडा नम्बर २ मा रहेको छथर स्वास्थ अस्पतालमा प्रवन्ध मिलाइएको गाउपालिकाले जनाएको सञ्चारकर्मी महेन्द्र मादेनले जानकारी दिनुभयो । एम्बुलेन्स सेवा तथा संक्रमित ब्यक्तिको लागि वडा नम्बर ४ र वडा नम्बर २ मा कोरेन्ताइन को ब्यवस्था गरिएको जानकारि दिनु भयो ।

छथरबासि नागरिकहरुमा आ आफ्नो क्षेत्र बाट पुर्ण सर्तकता तथा सावधानी अपनाउनका लागि अत्यावश्यक काम बहेक घर बाहिर ननिस्कन र कुनै पनि भिड भाड नगर्न समेत नेपालीको आग्रह छ । सरकारि निकायहरुमा कुनै पनि कार्य को लागि आउँदा जादा स्वास्थ शुरक्षा मापदण्ड भित्रका बिधिहरु SMS(sanitizer,maks, social distance ) अपानाई कार्य गर्न गराउन नेपाली ले अनुरोध गर्नु भयो ।

गत बर्ष सय जना भन्दा बढी संक्रमित भेटिएका यस क्षेत्रमा योसाल नयाँ संक्रमित नरहेको कोरोना वा अन्य कारणले मृत्यु भएमा दाह सस्कार को लागि वडा नम्बर ४ को हाक्पारा घात मा मात्र ब्यावस्थापन गर्ने प्रबन्ध मिलाइएको जानकारि दिनु भयो ।

बिश्वब्यापि रूपमा फैलिएको कोरोना भाइरस दिनानुदिन बढदै गइरहेको अबस्था छ । समय मै यसबाट बच्ने उपायहरुको खोजि नगर्ने हो भने भयबह अबस्था सिर्जना हुदैन भन्न सकिदैन ।यसबाट बच्न स्थानीय सरकारले मात्र तयारी गरेर हुदैन प्रत्येक नागरिकले समेत सर्तकता अपनाउन आवश्यक देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।