नगरस्तरिय बार्षिक परिक्षा स्थगित
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाको नगर स्तरिय परिक्षा सन्चालन तथा व्यवस्थापन समितिको मिति २०७८।१।८ को निर्णय अनुसार बैशाख २३ गतेबाट नगर स्तरिय बार्षिक परिक्षा सन्चालन हुने निर्णय गरिएको थियो ।
विश्वमै म’हामारीको रुपमा फैंलिंदै गरेको कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय धनकुटाको ०७८।१।१७ को निर्णयबाट कोरोनाको कारण भौतिक उपस्थितिमा गरिने सम्पूर्ण कार्यहरु स्थगित गर्ने निर्णय भए संगै समितिको बैशाख २१ गते बसेको बैठकले अर्को सुचना जारी नभए सम्मका लागि पूर्व निर्धारित परिक्षा स्थगित गरिएको नगररा प्रमुख प्रशासकिय अधिकृत डिक बहादुर राई द्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ ।



