धनकुटामा निशेध आदेश जारी
धनकुटा,बैशाख २२ । धनकुटा नगर क्षेत्रमा कोरोना भाईरस संक्रमण दर तिव्र रुपमा वढेपछि आज राती १२ बजे देखी बैसाख मसान्त सम्म धनकुटा नगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ ।
जिल्ला क्राइसिस मेनेजमेन्ट कमिटिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा आज वसेको बैठकले धनकुटा नगर क्षेत्रमा आज राती १२ बजे देखी बैसाख मसान्त सम्म निशेधा जारी गर्ने निर्णय गरेको हो । बैठकले विहान ६ बजे देखी ९ बजे सम्म र अपराहन्न ४ बजे देखी साँझ ६ बजे सम्म दैनिक उपभोग्य समाग्री र अत्यवाश्यक समाग्रीहरुको पसल खुल्ला गर्ने निर्णय गरेको छ ।
निशेध आदेशको समयमा सम्पूर्ण व्यावसाय तथा पसलहरु निजि तथा सार्वजानिक भाडाकाका सवारी साधनहरु बन्द रहने तर दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु ,फोहर बोक्ने,एम्बुलेन्स लगायतका साधनहरु संचालन हुने छ ।
विहान र साँझ तोकिएको समयमा आफुलाई चाहिने दैनिक उपभोग्य सामाग्रीहरु लगायत अत्यावाश्यक समाग्रीहरु विक्रि वितरण तथा किन मेल गर्न समेत व्यापारी तथा आम उपभोक्ताहरुलाई धनकुटा उद्योग बाणिज्य संघ अपिल गरेको छ ।
दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु विक्रि वितरण तथा खरिद गर्दा अनिवार्य माक्स लगाई समाजीक दुरी समेत कायम गरी सुरक्षित ढंगले गर्न समेत संघका अध्यक्ष विजय सन्तोषी राईले अपिल गर्नु भएको छ ।





