उद्योग धन्दा तथा कलकारखाना संचालन गर्दा यी कुरामा ध्यान दिन जिल्ला प्रशासन कार्यालय धनकुटाको आदेश
धनकुटा,२३ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले उद्योग धन्दा तथा कलकारखाना संचालन गर्दा निम्न कुरामा ध्यान दिन भन्दै आदेश जारी गरेको ।
विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरमा निषेधाज्ञा समेत जारी भएकोले र उद्योग धन्दा तथा कलकारखाना संचालन गर्दा स्वास्थ सुरक्षा मापदण्ड लाई पुर्णरुपमा पालना गर्नुका साथै उद्योग धन्दा तथा कलकारखाना काम गर्ने मजदुर लाई कोभिड १९ संक्रमण भएमा सम्बन्धीत उद्योग वा कारखानाले होमआइसोलेसनमा राख्नु पर्ने उपचार गर्न अस्पताल बा स्वाथ्य केन्द लैजान परेमा समेत त्यसको व्यावस्था मिलाउन समेत प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालद्धरा हस्ताक्षरीत आदेशमा भनिएको छ ।



