५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने,सॉंसद राईले गरे शिलान्यास
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ ।

पाख्रिबास नगरपालिकाको आयोजनामा आज एक कार्यक्रमका वीच संघिय प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटा अध्यक्ष राजेन्द्र कुमार राईले औद्योगिक ग्रामको शिलान्यास गर्नु भएको छ ।
नगरपालिकाको वडा नं ७ राम्चेडाडामा १ सय १७ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागेको औद्योगिक ग्राम संघिय प्रतिनिधि सभा सदस्य राईको पहलमा निर्माण कार्य शुरु भएको हो ।
कार्यक्रममा बोल्नु हुदै सांसद राईले देशलाई आर्थिक रुपमा धनी बनाउन कलकारखाना,उघोग धन्दा खोल्न आवश्यक रहेको बताउनु भयो ।
बेरोजगार यूवाहरुलाई रोजगार दिन संघ, प्रदेश र स्थानिय सकारले नीति बनाएर हरेक स्थानिय तहकमा औद्योगिकग्राम निर्माण गरिरहेको जानकारी गारउनु हुदै उहाले सरकारका नीति अनुसार नै पाख्रिबास नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण गर्न लागिएको बताउनु भयो ।
उहाँले जव सम्म नेकपा एमालेले शोषित, पीडित जनताका निम्ति कलकारखाना उद्योग धन्दा खोल्दैन तब सम्म मुलुक अगाडि बढ्दैन भन्ने गरिएको भन्दै जनताको आर्थिक स्थिति सुधार गर्दै देशलाई समृद्ध बनाउन ग्राम स्थापना गर्न लागिएको वताउनुभयो ।
यहाँ पाख्रीबासका मजदुर किसान तथा श्रमिकले रोजगारी पाउने उहाँले बताउनु भयो । कार्यक्रममा पाख्रीवास नगरपालिका प्रमुख वृषवहादुर राईले ५४ करोडमा वन्न लागेको औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड वरावरको टेण्डर खुलेको जानकारी दिदै यसबाट भवन, बाटो निर्माणको काम गरिने वताउनुभयो ।
औद्योगिक गौमको डिपिआर तयार भईसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने उहाँको भनाई छ । यो औद्योगिक ग्राममा स्थानिय स्तरका श्रोत साधन,कच्चा पदार्थ,प्रविधि र सीपको परिचालन गरी रोजगार र्सिर्जना गर्दै स्थानिय अर्थतन्त्रमा योगदान पुर्याउने, उत्पादन र उत्पादकत्व अभिवृद्धीका लागि ग्राम सञ्चालन गर्न लागिएको हो ।
वडा नं ७ का वडाध्यक्ष फडिन्द्र तामाङको अध्यक्षतामा सञ्चालित औद्योगिक ग्राम शिलान्यस कार्यक्रममा स्वागत मन्तव्य नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले राख्नुभएको थियो । त्यस्तै उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङले यो औद्योगिक ग्राम स्थापना हुनुले पाख्रीवासको विकासमा एउटा ईटा थप्ने वताउनुभयो ।
कार्यक्रममा भने ८ नं वडाध्यक्ष सिताराम राई, कृषी अभियन्ता जीवन राई सहित राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, समाजसेवी,बुद्दीजिवी लगायतको उपस्थिती थियो ।


