पीडित परिवारलाई राहत वितरण
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाले वडा नं ७ का पहिरो पीडित परिवारलाई जनही ५० हजारको दरले १६ लाख रुपयाँ राहत वितरण गरेको छ ।

गएको वर्षायाममा वर्षातका कारण जमिन भासिएर घरहरु चर्किएका ३२ घर परिवारलाई राहत वितरण गरेको हो ।
गाउँपालिकाको विपत व्यवस्थापन कोष मार्फत उनिहरुलाई राहत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभयो ।
घर चर्किएका परिवारलाई नमूना वस्ति कार्यक्रम मार्फत वस्ति स्थानान्तरण गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।


