गाउंपालिकाबाट सञ्चालन हुने आकस्मिक वाहेकका सबै यातायात सेवा वन्द
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाले कोभिड १९ संक्रमण बाट सर्तक रहन पालिकावासीलाई अनुरोध गरेको छ ।
आज एक सूचना जारी गरी गाउँपालिकाले त्यस्तो अनुरोध गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शाक्यद्धारा हस्ताक्षरित सूचनामा कोभिड १९ संक्रमण नियन्त्रणका लागि गाउँपालिका क्षेत्रमा लाग्ने हाटवजार वैशाख मसान्त सम्म वन्द गर्ने, स्थानिय वजार,पसलहरु विहान ६ देखी ९ वजे सम्म र वेलुकी ४ देखी ७ वजे मात्र खुल्ला गर्ने,गाउपालिकाबाट सञ्चालन हुने आकस्मिक वाहेकका सबै यातायात सेवा वन्द गरिने उल्लेख छ ।



