ढल व्यवस्थापनका लागि तत्काल ड्रेन निर्माण कार्य सुरु हुने
धनकुटा । संघिय सांसद राजेन्द्र कुमार राईको आव्हानमा हिले बजार न्यूरोड बुद्धचोक सडकमा ढल व्यवस्थापनका लागि तत्काल ड्रेन निर्माण कार्य सुरु हुने भएको छ ।
अहिले पुस्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत हिले पाख्रिबास लेगुवा सडक निमार्ण कार्य भइरहेको छ ।
सडक निमार्णको क्रममा हिले बजार न्यूरोड बुद्धचोकमा सडकको तल्लो भागमा ड्रेन ढलको व्यवस्थापन नहुदा स्थानियको घरमा पानि पर्दा बाढी पस्ने गरेको समस्या राख्दै बजारबासिले संघिय प्रतिनिधि सभासदस्य राइलाई भेटेर ढल व्यवस्थापन गरिदिन आग्रह गर्नु भएको छ ।
संघिय संसाद राईले स्थानियको माग ध्यानकर्षण भएको भन्दै उहाले सडकका इन्जिनियर तथा प्राबिधिक संग छलफल गरि ढल तत्काल निमार्ण गरिदिन आग्रह गर्नु भएका हो ।
चालु आर्थिक वर्ष भित्र सम्मपन्न हुने गरी पुस्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत हिले पाख्रिबास लेगुवा सडक निमार्ण कार्य तिब्ररुपमा अगाडि बढिरहेको छ । सडक पिच गर्नका लागि गिटि विछाउने कार्य भइरहेको इन्जिनियर रविन्द्र महर्जनले जानकारि दिनुभयो ।
छलफलका क्रममा ईन्जिनियर मनिस ठाकुर र निमार्ण व्यवसायीका प्राबिधिक नेत्र श्रेष्ठ लागायत नेकपा एमाले पाटीका जिल्ला सदस्य दालामु सेर्पा नगर सदस्य तुलसी राई ,स्थानिय बजार बासीहरुको सहभागिता रहेको थियो । हिले पाख्रिबास लेगुवा सडक निमार्ण कार्य चालुआर्थिक वर्ष समपन्न हुने गरी काम भइरहेको इन्जिनियर रविन्द्र महर्जनले बताउनु भयो ।


